भूकम्प आएपछि काठमाडौंमा घरको छतबाट एक व्यक्ति हाम फाले, बारामा ११ जना विद्यार्थी बेहोस

नेपालभ्युज

भूकम्प आएपछि काठमाडौंमा घरको छतबाट एक व्यक्ति हाम फाले, बारामा ११ जना विद्यार्थी बेहोस

काठमाडौं । चीनको तिब्बत केन्द्रविन्दु भएर आएको भूकम्पबाट आत्तिएर काठमाडौंको स्युचाटारस्थित घरको छतबाट एक व्यक्ति हाम फालेका छन् ।

हाम फालेर घाइते भएका ती व्यक्ति पुरुष भएपनि उनको परिचय भने खुलेको छैन ।

दुवै खुट्टामा चोट लागेकाले उनको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।

यस्तै भूकम्पको धक्का महसुस भएपछि बारामा विद्यार्थीहरू बेहोस भएका छन् ।

कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएको बारा प्रहरीले जनाएको छ ।

प्रादेशिक अस्पतालमा उपचारपछि उनीहरू निस्चार्ज भइसकेका छन् ।

त्यस्तै भूकम्पबाट सिन्धुपाल्चोकको भोटेकोशी–४ को प्रहरी चौकीमा सामान्य क्षति भएको छ ।

यसैगरी ओखलढुंगा र सोलुखुम्बुमा पनि मानिस नबस्ने केही घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

तिब्बतको दिङ्गे केन्द्रविन्दु भएर मंगलबार बिहान ६ः५० बजे ७ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको थियो ।

चीनमा भूकम्पबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ । यस्तै कम्तीमा ६२ जना घाइते भएका छन् ।

भूकम्पको क्षतिबारे बुझ्न ताप्लेजुङ, सङ्खुवासभा र पाँचथरमा सुरक्षाकर्मी परिचालन

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved