तिब्बत केन्द्रविन्दु भएको भूकम्पको तीव्रता ७ म्याग्निच्युड

नेपालभ्युज

तिब्बत केन्द्रविन्दु भएको भूकम्पको तीव्रता ७ म्याग्निच्युड

काठमाडौं । काठमाडौं र पूर्वी क्षेत्रमा आज बिहानै भूकम्पले हल्लाएको छ । मंगलबार बिहान ६ बजेर ५० मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

केही समयसम्म भूकम्पको कम्पन रहेकाे थियाे । यसले काठमाडौं लगायत विभिन्न क्षेत्रका बासिन्दा घरबाहिर निस्किएका थिए ।

कोशी प्रदेशको राजधानी विराटनगरलगायत पूर्वी क्षेत्रमा पनि भूकम्पको धक्का चर्को महसुस भएको थियो ।

साथै धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक मकवानपुर, बारालगायत जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको थियो ।

चीनको तिब्बत केन्द्रविन्दु भएर  ७‍‌‍‍‍‍.० म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

पछिल्लो समय हिमालय क्षेत्रमा लगातार भूकम्प गइरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved