कोशीमा दलका नेतालाई सुविधा थप्ने निर्णयमा कारण देखाउ आदेश

नेपालभ्युज

कोशीमा दलका नेतालाई सुविधा थप्ने निर्णयमा कारण देखाउ आदेश

काठमाडौं । उच्च अदालत विराटनगरले सत्तारुढ दलका नेता र प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकलाई सुविधा थप गर्ने कोशी सरकारको निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ ।

उच्च अदालत विराटनगरकी न्यायाधीश राज्यलक्ष्मी बज्राचार्यको एकल इजलासले संसदीय दलका नेताहरुलाई सुविधा दिने निर्णयविरुद्ध परेको रिटमा सुनुवाई गर्दे सोमबार यस्तो आदेश जारी गरेको हो ।

प्रदेश सरकारले प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिलाई मासिक १२५ लिटर इन्धन सुविधा थप गर्ने निर्णय गरेको थियो ।

सुविधा थप गर्ने उक्त निर्णयविरुद्ध आइतबार उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता भएको थियो ।

अदालतले  २९ पुसमा छलफलका लागि दुवै पक्षलाई झिकाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved