माओवादी बैठक : प्रचण्डको प्रतिवेदनमाथि ८० जनाले राखे धारणा

नेपालभ्युज

माओवादी बैठक : प्रचण्डको प्रतिवेदनमाथि ८० जनाले राखे धारणा

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबारदेखि काठमाडौंको धुम्बाराहीमा जारी छ ।

बैठकको दोस्रो दिन सोमबार ८० जना केन्द्रीय सदस्यले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राखेको उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए ।

सबैजसो केन्द्रीय सदस्यले अध्यक्षको प्रतिवेदनमाथि धारणा राख्ने क्रममा प्रष्ट विचार र राजनीतिक दृष्टिकोणसहित अघि बढ्नुपर्नेमा जोड दिएको उनले बताए ।

प्रवक्ता सापकोटाले भने,‘अध्यक्षको प्रतिवेदनमाथि ८० जना कमरेडहरूले बोल्नुभयो । प्रष्ट विचार,स्पष्ट राजनीतिक दृष्टिकोणसहित अघि बढ्नुपर्छ भन्नेमा सबैले अपिल गरेका छन् ।’

प्रचण्डको ३० पृष्ठ लामो राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने भन्दै १८० जनाले नाम टिपाएकोमा  ८० जनाले आफ्नो धारणा राखेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved