कैलालीमा ४६ जनाले गरे एमाले परित्याग, पूर्वमाओवादी भनेर हेपेको आरोप

नेपालभ्युज

कैलालीमा ४६ जनाले गरे एमाले परित्याग, पूर्वमाओवादी भनेर हेपेको आरोप

काठमाडौं । कैलालीको गोदावरी नगरपालिकाका ४६ जना नेता–कार्यकर्ताले नेकपा (एमाले) परित्याग गरेका छन् । उनीहरूले सोमबार एमाले छाडेको घोषणा गरेका हुन् ।

एमाले परित्याग गर्नेहरू नेकपा विघटनपछि एमालेमा लागेका नेता–कार्यकर्ता रहेको पाइएको छ ।

एमाले भएर बस्दा आफूहरूले पटक–पटक पूर्वमाओवादीको रुपमा अपमानित हुनुपरेको उनीहरूको गुनासो छ ।

एमाले परित्याग गर्नेमा नगर कमिटी सदस्य कल्पनाकुमारी विकदेखि संगठित सदस्य फगी कामीसम्म छन् ।

उनीहरूले एमालेका गोदावरी नगर अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा दिएका छन् ।

महासचिव शंकर पोखरेल र अन्य केही नेताले जनयुद्धका बारेमा लगातार प्रहार गरेपछि अब एमालेभित्र आफूहरूले बसिरहन आवश्यक नठानेको उनीहरूकाे भनाइ छ ।

‘खासगरी महासचिव शंकर पोखरेल र अन्य केही नेताले जनयुद्धका बारेमा लगातार प्रहार गरेपछि अब यहाँभित्र हामीले बसिरहनु आवश्यक ठानेका छैनौं । त्यसैले आजकै मितिदेखि हामी ४६ जना कमरेडहरूले एमाले परित्याग गर्ने निर्णय गरेका छौं,’ राजीनामा पत्रमा भनिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved