एमाले बैठक : आज पनि केन्द्रीय सदस्यले प्रतिवेदनमाथि आ-आफ्नो धारणा राख्ने

नेपालभ्युज

एमाले बैठक : आज पनि केन्द्रीय सदस्यले प्रतिवेदनमाथि आ-आफ्नो धारणा राख्ने

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज (सोमबार) पनि जारी रहने भएको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा केन्द्रीय सदस्यहरूले राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्ने एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

‘आइतबार आफ्नो धारणा राख्न बाँकी केन्द्रीय सदस्यहरूले आज प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्नु हुनेछ,’ उनले भने, ‘त्यसपछि केन्द्रीय सदस्यको रायसहितको निष्कर्ष प्रस्तुत गरिने छ ।’

आइतबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनमाथि आइतबार २७ जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved