माओवादी बैठक स्थगित, सोमबार ११ बजे पुनः बस्ने

नेपालभ्युज

माओवादी बैठक स्थगित, सोमबार ११ बजे पुनः बस्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।

आइतबारबाट धुम्बाराही शंखपार्कस्थित स्मार्ट दरबार बैंक्वेटमा  सुरु भएको बैठक सोमबार बिहान ११ बजे पुनः बस्ने गरी स्थगित भएको हो ।

बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्षिप्त राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

सो प्रतिवेदनमा माओवादी अब जनतामा फर्कनुको विकल्प नभएको उल्लेख छ ।

आइतबारक बैठकमा भौगोलिक र गैरभौगोलिक गरी १२ प्रदेश संरचनाका अध्यक्ष वा प्रतिनिधिले संगठनात्मक रिपोर्टिङ गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved