सचिनको दाहसंस्कार, शरीरमा इन्फेक्सन फैलिएकोले आँखा दान गर्ने बाबुको इच्छा अपूरो

नेपालभ्युज

सचिनको दाहसंस्कार, शरीरमा इन्फेक्सन फैलिएकोले आँखा दान गर्ने बाबुको इच्छा अपूरो

काठमाडौं । हिजो निधन भएका भाइरल बालकलाकार सचिन परियारको अन्त्येष्टि गरिएको छ । पशुपतिमा आर्यघाटस्थित विद्युतीय शव दाहगृहमा शुक्रबार दाहसंस्कार गरिएको हो ।

सचिनलाई दाहसंस्कारका लागि हिजै पशुपति पुर्‍याइएपनि गाउँबाट हजुरबुबालगायत आफन्त आउन समय लागेकाले शुक्रबार दाहसंस्कार गरिएको हो ।

बाबु तेजेन्द्र परियारले मृतक सचिनको आँखा दान गर्ने इच्छा राखेका थिए । ‘छोराको आँखाले अरूले संसार हेरुन् भन्ने चाहना छ’ भन्दै दान गर्न चाहेका थिए ।

डलरको दाउमा बालकको बलिदान, दाताको सहयोग हिनामिनापछि सचिनको दुःखद् अवसान !

तर, आँखा दानको प्रक्रियाका लागि आएका स्वास्थ्यकर्मीले सचिनको रिपोर्ट हेरे । सचिनको पूरै शरीरमा इन्फेक्सन फैलिएको र आँखा पनि स्वस्थ नरहेको निष्कर्षपछि दान प्रक्रिया अघि बढ्न पाएन ।

सचिनमा मस्तिष्कमा पानी जम्ने समस्या थियो । चिकित्सकका अनुसार उनलाई ‘डाइबिटिज इन्सिपिडसको’ भएको थियो । त्यो भनेको मिर्गौलाले अत्यधिक मात्रामा पिसाब बनाउने गर्थ्यो । त्यो समस्या गढेपछि पुरै शरीरमा इन्फेक्सन फैलिएको पाइएको हो ।

भाइरल बालगायक सचिन परियारको निधन


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved