एजेन्सी । संसारमा यस्ता कैयौँ ठाउँ छन्, जसको बारेमा हामीलाई धेरै थाहा नहुन सक्छ । यस्ता धेरै रीतिरिवाज छन्, जसलाई बुझ्न कहिलेकाहीँ धेरै गाह्रो हुन्छ । एउटा यस्तै रीतिरिवाज इन्डोनेसियाको एक विशेष टापुमा बस्ने जनजातिका मानिसहरूले पालना गर्छन् ।
डेली स्टारको रिपोर्टअनुसार इन्डोनेसियाको सुलावेसी नामक टापुमा बस्ने टोराजन समुदायका मानिसहरूले आफ्नो परिवारका सदस्यहरूको मृत्यु भएपछि पनि उनीहरूलाई मृत मान्दैनन् । उनीहरूले शरीरलाई हप्तौँ, महिनौँ र कहिलेकाहीँ वर्षौँसम्म ‘ममी’ बनाएर राख्छन् । रोचक कुरा त के छ भने उनीहरूले मृतकलाई बिरामी व्यक्तिको जस्तै व्यवहार गर्छन् ।
मृत मानिसलाई पनि राख्छन् ‘जीवित’
टोराजन मानिसहरूले मृत मानिसहरूलाई बिरामी र सुतिरहेको व्यक्तिको रूपमा मान्छन् । उनीहरूले तिनीहरूलाई समयमा खाना दिन्छन्, सफा कपडा लगाइदिन्छन् र उनीहरूको पूरा ख्याल राख्छन् । नेसनल जियोग्राफिकको रिपोर्टअनुसार मानिसहरूले मृत शरीरलाई आफ्नो आर्थिक स्थितिअनुसार घरमा राख्छन् ।
गरिब मानिसहरूले चाँडै नै अन्तिम संस्कार गर्छन् भने धनी मानिसहरूले शवलाई धेरै वर्षसम्म घरमा ‘ममी’ बनाएर राख्ने गर्छन् । यिनीहरूलाई तोमाकुला अर्थात् बिरामी व्यक्ति मानिन्छ । यिनीहरूलाई अन्तिम बिदाइ दिने तरिका पनि धेरै फरक छ । यी मानिसहरू अन्तिम संस्कारपछि पनि पूर्वजको चिहानमा हरेक दोस्रो वर्ष जान्छन् । यहाँबाट शव निकाल्छन्, तिनीहरूलाई सफा गर्छन् र नयाँ लुगा लगाएर फेरि राख्छन् ।
Facebook Comment
Comment