सचिनको निधनमा प्रधानमन्त्री भन्छन्- सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग बनौं

नेपालभ्युज

सचिनको निधनमा प्रधानमन्त्री भन्छन्- सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग बनौं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालगायक सचिन परियारको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले बिहीबार सामाजिक सञ्जालमार्फत परियारको निधन भएको खबरले निकै दुःखी भएको उल्लेख गरेका छन् ।

“बालगायक सचिन परियारको निधन भएको खबरले धेरै दुःखी छु । एकजना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्‍याएको यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्रै प्रतिक्रिया दिनुपर्छ भन्ने सबैलाई पाठ सिकाएको छ । बालगायक सचिनलाई हार्दिक श्रद्धाञ्जली”, उनले भनेका छन् ।

परियारको १३ वर्षको उमेरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको सघन उपचार कक्ष (आइसियू)मा उपचारका क्रममा बिहीबार बिहान १०ः४५ बजे निधन भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved