काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी २० र २१ गते बस्ने केन्द्रीय समिति बैठकका एजेण्डा तय गरेको छ ।
काठमाडौंको स्वयम्भु स्टार ब्यान्क्वेटमा बस्ने बैठकमा सरकारले ल्याएको सहकारीसम्बन्धी विधेयकबारे पनि छलफल हुने पार्टीका कार्यबाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।
बैठकको पहिलो दिन समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ हुने उनले बताए । उनका अनुसार सोही दिन स्थानीय तह उपनिर्वाचनको समीक्षा, संगठन सवलीकरण लगायतका छलफल हुने कार्यतालिका तय भएको छ ।
त्यस्तै, संघीय संसद्मा दर्ता भएका विधेयकहरू, संविधान परिमार्जनसम्बन्धी छलफल पनि गर्ने रास्वपाले बताएको छ ।
जलेश्वर बैठक र राष्ट्रिय भेलामा प्रस्तुत पार्टी सभापतिको राजनैतिक प्रतिवेदनहरूका आधारमा गर्नुपर्ने, पार्टीको आगामी कार्यदिशा, आचारसंहिता लगायतका विषयमा छलफल हुनेछ ।

Facebook Comment
Comment