बीआरआई नेपालको हितमा रहेको दाबी गर्दै झलनाथले भने– ऋण लिन हुँदैन भन्नु पुराना अवधारणा हुन्

नेपालभ्युज

बीआरआई नेपालको हितमा रहेको दाबी गर्दै झलनाथले भने– ऋण लिन हुँदैन भन्नु पुराना अवधारणा हुन्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालले राष्ट्रिय हितलाई ध्यानमा राखेर चीनको परियोजना बीआरआईमा प्रस्ताव लैजानुपर्ने बताएका छन् ।

काठमाडौंमा बुधबार नीति अनुसन्धान संस्थाको आयोजनामा भएको नेपालमा बीआरआई परियोजना कार्यान्वयनको सम्भावना विषयक अन्तरक्रियामा नेता खनालले बीआरआई नेपालको हितमा रहेको दाबी पारे ।

बीआरआईले विश्व उत्साहित भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री खनालले आवश्यकताका आधारमा बीआरआईका परियोजना अघि बढाउनुपर्ने बताए । उनले भने, ‘ऋण लिन हुँदैन भन्नु पुराना अवधारणा हुन्, आवश्यकताका आधारमा परियोजना अघि बढाउन सकिन्छ ।’

उनले बीआरआईका विषयमा नेपाली जनताले गहिराइमा पुगेर बुझ्न जरुरी रहेको बताए । दुई छिमेकीमुलुकसँग मैत्रीपूर्ण सम्बन्ध राख्न जरुरी रहेको औँल्याउँदै उनले बीआरआईलाई विवादको विषय नबनाउन अनुरोध गरे ।

हाल विश्वको ७५ प्रतिशत जनसङ्ख्या बीआरआईभित्र परेको जानकारी गराउँदै पूर्वप्रधानमन्त्री खनालले हालसम्म तीन हजार परियोजनामा सम्झौता भइसकेको जानकारी दिए । एक सय ५० भन्दा बढी मूलुक यसमा जोडिइसकेको उल्लेख गर्दै उनले विश्वव्यापी रूपमा भइरहेको विकासले बीआरआई महत्वपूर्ण परियोजना हो भनेर पुष्टि भएको दाबी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved