सर्लाहीमा यात्रुवाहक बसले किचेर सशस्त्रका इन्सपेक्टरको मृत्यु

नेपालभ्युज

सर्लाहीमा यात्रुवाहक बसले किचेर सशस्त्रका इन्सपेक्टरको मृत्यु

काठमाडौं । सर्लाहीमा गाडीले किचेर सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक (इन्सपेक्टर)को मृत्यु भएको छ ।

मंगलबार राति पौने ९ बजे बलरा नगरपालिका–९ स्थित बीओपी छतौनामा यात्रुवाहक बसले किचेर ड्युटीमा रहेका इन्सपेक्टर विजयकुमार तुलाधरको मृत्यु भएको हो ।

उक्त बस अनियन्त्रित भएर पल्टिएर किच्दा इन्सपेक्टर तुलाधरको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

बसले किचेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा चिकित्सकले राति पौने १० बजे मृत घोषणा गरेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved