पर्यटन क्षेत्रको विकासमा सरकारको नीति केन्द्रित हुनुपर्नेमा जोड

नेपालभ्युज

पर्यटन क्षेत्रको विकासमा सरकारको नीति केन्द्रित हुनुपर्नेमा जोड

काठमाडौं । व्यवसायीहरू पर्यटन क्षेत्रको विकासमा सरकारको नीति केन्द्रित हुनुपर्ने विषयमा एकमत देखिएका छन् ।

पर्यटन नीतिका बारेमा साझा समस्यालाई समाधान गर्ने किसिमको नीति बनाउन व्यवसायीहरू सक्रिय रूपमा लागि परेका छन् ।

टानको सक्रियतामा व्यवसायी संस्थाहरूले पर्यटनमुखी ऐन तथा अभिवृद्धिका लागि गरिनुपर्ने कार्यमा जोड दिएका छन् । नीतिगत ढङ्गबाट पर्यटनसँग सम्बन्धित समस्याहरूलाई समाधान गर्नको लागि लगातार छलफलहरू भइरहेका छन् ।

छलफलको नेतृत्व गरेका टानका अध्यक्ष सागर पाण्डेले पर्यटनमुखी नीति बनाएर देशको अर्थतन्त्रलाई र समग्र पर्यटन क्षेत्रलाई विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

साझा समस्या उठाउँदै पर्यटन विकासका लागि सरकारलाई झकझकाउन सम्पूर्ण व्यवसायीहरू एक ढिक्का भएर अघि बढ्ने उनको भनाइ छ ।

सोही सिलसिलामा ऐनमा सुझाव दिनका लागि आयोजित एक कार्यक्रममा सम्पूर्ण पर्यटन व्यवसायिक संस्थाहरूले सम्बन्धित मन्त्रालयका सचिव, सहसचिव पर्यटन बोर्डका पदाधिकारी तथा नागरिक उड्डयन प्राधिकरण लगायतका सरकारी निकायका अधिकारीसँग छलफल गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved