मोरङमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

नेपालभ्युज

मोरङमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
फाइल तस्वीर

काठमाडौं । मोरङमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

सुन्दरहरैँचा नगरपालिका-५ डिपुकी ६० वर्षीया चन्द्रकला लिम्बूको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक कृष्ण खत्रीकाअनुसार चन्द्रकला सोमबार घाँस दाउराका लागि जङ्गल गएकी थिइन् ।साँझसम्म घर नआएकी चन्द्रकलालाई मङ्गलबार बिहान ६ बजेतिर स्थानीयले खोजी गर्दा खोल्सीको किनारमा मृत अवस्थामा भेटेका थिए ।

चन्द्रकलाको शव उठाएर पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved