इटहरी उपमहानगर कार्यालयअगाडि शंकास्पद वस्तु फेला

नेपालभ्युज

इटहरी उपमहानगर कार्यालयअगाडि शंकास्पद वस्तु फेला
फाइल तस्वीर ।

काठमाडौं । सनुसरीको इटहरी उपमहानगरपालिका कार्यालयअगाडि शंकास्पद वस्तु फेला परेको छ ।

उपमहानगर अगाडिको घुम्ती पसल छेउमा आज (मंगलबार) बिहान कालो झोलामा शंकास्पद वस्तु फेला परेको सुनसरी प्रहरीले जनाएको छ ।

शंकास्पद वस्तु निष्क्रिय बनाउन नेपाली सेनाको टोली खटेको छ । तालिम प्राप्त कुकुरसहितको टोली खटिएको प्रहरीले जानकारी दिएको छ ।

उपमहानगरसँगै भोटेपुल र बुढी खोलामा पनि बम राखेको भन्दै प्रहरीलाई सूचना आएको थियो । तर कालो झोला भने उपमहानगरपालिका अगाडि मात्रै भेटिएको छ ।

भोटेपुल र बुढीखोलामा पनि खोजी कार्य भइरहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved