कुलुङ जातिले मनाए चाक्चाकुर पर्व

नेपालभ्युज

कुलुङ जातिले मनाए चाक्चाकुर पर्व

धरान । कुलुङ जातिहरुले आफ्नो महान् पर्वको रुपमा लिने चाक्चाकुर सोमबार यहाँका कुलुङहरूले भव्यताका साथ मनाएका छन् ।

धरान उपमहानगरपालिका–५ देवीगाउँमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले चाक्चाकुर विशेष कार्यक्रमको उद्घाटन गरेका थिए ।

उनले आफ्नो संस्कार संस्कृति जोगाइ राख्नु सबैको दायित्व रहेको बताए । प्रत्येक वर्षको पुस १५ मा कुलुङ समुदायले चाक्चाकुरलाई भव्यरुपमा मनाउने गरेका छन् । चाक्चाकुरका बेला गाउँभरिका मानिस भेला भएर ढोल र झ्याम्टाको साथमा नाचगान, मनोरञ्जनात्मक कार्यक्रमका मनाइने नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घ सुनसरीका अध्यक्ष मानुमध्वज कुलुङले बताए।

चाक्चाकुर पर्व कुलुङ जातिको बाहुल्यता रहेको भोजपुर, सङ्खुवासभा, सोलुखुम्बु, इलाम, धनकुटा तेह्रथुम लगायतका जिल्लामा मनाउने गरिन्छ । नयाँ वर्षमा सह होस् र अनिकाल नलागोस् भनेर पितृ र प्रकृतिलाई पूजाआजा गरी यस पर्व मनाउने गरिएको अध्यक्ष कुलुङले बताए । यस पर्व कुलुङ समुदायको बाहुल्यता भएको गाउँहरूमा एक महिनासम्म मनाउने गरिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved