नेपाल सेयर मार्केट्सको व्यवस्थापन सुधार्न ४ जनाको आवेदन 

नेपालभ्युज

नेपाल सेयर मार्केट्सको व्यवस्थापन सुधार्न ४ जनाको आवेदन 

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन तथा सञ्चालनका लागि चार जनाको नाम स्वीकृत गरेको छ । केन्द्रीय बैङ्कले मङ्सिर १२ गते समस्याग्रस्त फाइनान्सको व्यवस्थापन तथा सञ्चालनका लागि १ जना सदस्य माग गरेको थियो ।

त्यसको लागि परेका आवेदनहरू मध्येबाट ४ जनाको आवेदन स्वीकृत भएको राष्ट्र बैङ्कले जनाएको छ । राष्ट्र बैङ्कका अनुसार प्रकाश घिमिरे, कुमार अधिकारी, रामप्रताव यादव, र राजेन्द्रप्रसाद तिम्सिनाको आवेदन फारम स्वीकृत भएको छ ।

अब राष्ट्र बैङ्कले यी चारको कार्ययोजना प्रस्तुतीकरण गर्नको लागि क्रमशः पुस २१, पुस २२, पुस २३ र पुस २४ गतेको दिन तोकेको छ । प्रस्तुतीकरणको समय भने साँझ ४ः१५ रहेको छ ।

छनौट भएका उम्मेदवारलाई राष्ट्र बैङ्कले नियमानुसारको कर सहित रु.१,०३,६००/- (अक्षरेपि एक लाख तीन हजार छ सय मात्र) मासिक पारिश्रमिक प्रदान गर्ने छ । दशैं खर्च बापत एक महिनाको पारिश्रमिक बराबरको रकम र भैपरिआउने बिदा वार्षिक १२ दिन सम्म प्रदान गर्नेछ ।

सो फाइनान्स २०६८ पुसमा समस्याग्रस्त घोषित भएको थियो । यद्यपि, घोषणा गरिएको दुईवर्षछि मात्र राष्ट्र बैङ्कले आफ्नो नियन्त्रणमा लिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved