वार्षिकोत्सवको अवसरमा ग्लोबलले गर्‍यो सातै प्रदेशमा बृहत् प्रभातफेरि कार्यक्रम 

नेपालभ्युज

वार्षिकोत्सवको अवसरमा ग्लोबलले गर्‍यो सातै प्रदेशमा बृहत् प्रभातफेरि कार्यक्रम 

काठमाडौं । ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ ।

आम जनमानसमा वित्तीय साक्षरता तथा बैङ्किङ सचेतना अभिवृद्धिको लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैङ्कले सातवटै प्रदेशका मुख्य मुख्य सहरहरूमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेको हो ।

यही पुस १८ गतेदेखि ग्लोबल आइएमई बैङ्क आफ्नो स्थापनाको १८औँ वर्ष पुरा भई १९औँ वर्षमा प्रवेश गर्दैछ ।

काठमाडौंमा आयोजित प्रभात फेरिमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष तथा ग्लोबल आइएमई बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैङ्क सञ्चालक समिति सदस्यहरू, बैङ्क उच्च व्यवस्थापनसहित १५ सयभन्दा बढी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

वित्तीय साक्षरता तथा बैङ्किङ शिक्षामूलक प्लेकार्ड तथा ब्यानरसहित प्रभातफेरिमा उपस्थित कर्मचारीहरूले काठमाडौंको कान्तिपथस्थित शाखा कार्यालयबाट हिँड्दै सहरको मुख्य–मुख्य भागको परिक्रमा गरेका थिए भने काठमाडौं उपत्यका बाहिर मुख्य मुख्य सहरहरू परिक्रमा गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved