काठमाडौं । ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न विद्यालयमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
बैङ्क पुस १८ गते बिहीबारदेखि आफ्नो स्थापनाको १८ औँ वर्ष पुरा गरी १९ औँ वर्षमा प्रवेश गर्दैछ ।
१८औँ वार्षिकोत्सवको अवसरमा बैङ्कले प्रत्येक प्रदेशको विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरूलाई वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्दैछ । उक्त सचेतना कार्यक्रममा बैङ्कले आधारभूत बैङ्किङ सेवा, डिजिटल/नवीनतम बैङ्किङ सेवाहरू, बैङ्किङ विवरण सुरक्षित राख्ने उपायहरू लगायत विभिन्न बैङ्किङ शिक्षाको बारेमा जानकारी प्रदान गर्नेछ ।
बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता किसिमका विभिन्न सामाजिक कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ ।
Facebook Comment
Comment