विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १५१ पुग्यो

नेपालभ्युज

विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १५१ पुग्यो
तस्वीर : रोयटर्स ।

काठमाडौं । दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १५१ पुगेको छ ।

मृत्यु भएकामध्ये ७१ जना पुरुष र ७१ जना महिला छन् । अन्य ९ जनाको लिङ्ग अझै स्पष्ट हुन बाँकी छ।

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान अवतरणका क्रममा एक विमान दुर्घटनामा परेको थियो । सो विमानमा १८१ जना सवार थिए । जसमा १७५ यात्रु र ६ जना चालक दलका सदस्य थिए ।

विमान अवतरण गर्ने क्रममा यो दुर्घटना भएको हो । दक्षिण कोरियाको दमकल विभागका अधिकारीहरूले समाचार एजेन्सी रोयटर्सलाई दिएको जानकारीअनुसार दुई जना जीवितै फेला परेका छन् र उनीहरूलाई उद्धार गरिएको छ ।

समाचार एजेन्सी योनहापकाअनुसार विमानमा सवार १७३ यात्रु दक्षिण कोरिया र दुईजना थाइल्याण्डका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved