परराष्ट्रमन्त्री राणाले मेयर हमाललाई भेटेर गरिन् स्वास्थ्यलाभको कामना

नेपालभ्युज

परराष्ट्रमन्त्री राणाले मेयर हमाललाई भेटेर गरिन् स्वास्थ्यलाभको कामना

कैलाली । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले धनगढी उपमहानगरपालिकाका नगरप्रमुख (मेयर) गोपाल हमाललाई भेटेर स्वास्थ्यलाभको कामना गरेकी छिन् । उनले शनिबार धनगढीस्थित नगरप्रमुख हमालको निजी निवास पुगेर स्वास्थ्यलाभको कामना गरेकी हुन् ।

भेटका क्रममा मन्त्री राणाले नगरप्रमुख हमालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् । मन्त्री राणासँगै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पनि नगरप्रमुख हमाललाई भेटेर स्वास्थ्यलाभको कामना गरेका थिए ।

स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका नगरप्रमुख हमाल केही दिनअघि स्वास्थ्यमा समस्या आएपछि भारतको नयाँ दिल्लीमा उपचार गरेपश्चात हाल घरमै स्वास्थ्यलाभ गरिरहेका छन् । –रासस–


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved