चिसोमा मर्निङ वाक: सबेरैभन्दा अबेर किन उपयुक्त ?

नेपालभ्युज

चिसोमा मर्निङ वाक: सबेरैभन्दा अबेर किन उपयुक्त ?

काठमाडौं – चिसो मौसममा बिहान सबेरै मर्निङ वाकमा निस्कने बानी स्वास्थ्यका लागि हानिकारक हुन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।

चिसोयाममा पहिलो प्रहरको हावा प्रदूषणले भरिएको हुन्छ, जसले विशेषगरी मुटुरोगी, दमका बिरामी, र वृद्धवृद्धामा गम्भीर असर पुर्याउन सक्छ ।

जाडोयाममा चिसो हावा जमिनमै जम्ने भएकाले धूलो, धुँवा, र अन्य प्रदूषक कणहरू सतहमा रहन्छन् ।  वातावरणविद् भूषण तुलाधारका अनुसार घाम लागेपछि मात्र यी प्रदूषण कणहरू वायुमण्डलमा फैलिन्छन्, जसले गर्दा वाक गर्नका लागि सुरक्षित वातावरण बन्नेछ ।

मुटुरोगी र दीर्घरोगीलाई सतर्कता

मुटुरोगी विशेषज्ञ डा. रञ्जित शर्माका अनुसार जाडोयाममा रक्तप्रवाहमा समस्या हुने, रक्तनली खुम्चने, र अक्सिजनको कमीले हृदयघात र मस्तिष्कघातको जोखिम बढ्न सक्छ । “चिसोमा बिहान व्यायाम गर्दा धेरै समस्या हुन्छ। सकेसम्म घाम लागेपछि मात्रै वाक गर्नुपर्छ,” उनले सुझाए ।

जाडोयाममा प्रदूषण किन बढ्छ ?

सवारीसाधन र उद्योगहरूबाट उत्सर्जित धुवाँ।
– ग्रामीण क्षेत्रमा दाउरा र जैविक फोहोर जलाउने बानी।
– घर तताउन प्लास्टिक र कोइला जलाउँदा उत्पादन हुने हानिकारक ग्यास।
– इँटा उद्योगहरूबाट निस्कने प्रदूषण।

 के गर्ने ?

1. घाम लागेपछि मात्रै वाकमा निस्कने।
2. बाक्लो लुगा र माक्स लगाउने।
3. सकेसम्म प्रदूषणयुक्त क्षेत्रमा व्यायाम नगर्ने।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved