एनओसीको निर्वाचनमा सर्वोच्चको रोक

नेपालभ्युज

एनओसीको निर्वाचनमा सर्वोच्चको रोक

काठमाडौं । सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटी (एनओसी)को निर्वाचनमा रोक लगाएको छ ।

कमल चित्रकारले  दायर गरेको रिटमाथी न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले बिहीबार कारण देखाऊ आदेश जारी गरेको हो ।

अध्यक्ष जीवनराम श्रेष्ठले एकलौटी रुपमा निर्वाचन गर्न लागेको भन्दै चित्रकारले रिट दायर गरेका थिए ।

सरकारले पनि श्रेष्ठ नेतृत्वको वर्तमान कार्यसमितिलाई निर्वाचन नगर्न निर्देशन दिएपनि एनओसीको निर्वाचन पुस १३ गते हुने तय थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved