सौराहामा हात्ती तथा पर्यटन महोत्सव (तस्वीरहरू)

सौराहामा हात्ती तथा पर्यटन महोत्सव (तस्वीरहरू)

चितवन । पर्यटकीय नगरी सौराहामा बिहीबारदेखि १८औं हात्ती तथा पर्यटन महोत्सव सुरु भएको छ ।

क्षेत्रीय होटल सङ्घ, चितवन सौराहाको आयोजनामा भएको महोत्सवको उद्घाटन कार्यक्रममा ड्याम्प साइडदेखि गैँडा चोक, हात्ती चोक हुँदै सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।

झाँकीसहितको र्‍याली नगर परिक्रमा गर्दै कार्यक्रमस्थल बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा पुगेको थियो । चितवनको पर्यटन विकासका लागि सौराहामा हरेक वर्ष हात्ती तथा पर्यटन महोत्सव हुँदै आएको छ ।

कार्यक्रमको उद्घाटन उपप्रधान तथा भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले गरेका हुन् । महोत्सव पुस १५ गतेसम्म चल्नेछ ।

तस्वीरहरु- 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved