हातखुट्टा बाँधेर सामुहिक बलात्कार भएको घटना : थप एकजना पक्राउ

नेपालभ्युज

हातखुट्टा बाँधेर सामुहिक बलात्कार भएको घटना : थप एकजना पक्राउ

काठमाडौं । मोरङको जहदा गाउँपालिकामा सामुहिक बलात्कारको घटनामा संग्लग्न भएको आरोपमा नेपाल प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।

पक्राउ परेका युवाबारे अनुसन्धान भइरहेकाले उनको नाम भने सार्वजनिक गरिएको छैन ।

मंगलबार जहदा गाउँपालिका–३ की २३ वर्षीय महिला घरदेखि करिब दुई किलोमिटर टाढा कटहरी गाउँपालिका–२ मा पर्ने खेतबारीको बीचमा रहेको बाँसको झ्याङमा सलले मुख थुनेर हातखुट्टा बाँधेको अवस्थामा अर्थचेत अवस्थामा फेला परेकी थिइन् ।

उनी मंगलबार दिउँसो बाँसघारीमा हातखुट्टा बाँधिएको र मुखमा पट्टी लगाएको अर्धचेत अवस्थामा भेटिएकी हुन् ।

‘मर्निङ वाक’मा निस्किएका बेला उनीमाथि सामूहिक बलात्कार भएको पाइएको छ । होस खुलेपछि ती महिलाले आफूमाथि बलात्कार भएको बयान दिएकी थिइन् ।

उद्धार गरिएकी महिलाको बयानका आधारमा प्रहरीले मंगलबार तीन जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरूमा कटहरी गाउँपालिका–२ का १९ वर्षीय मोहम्मद रमजान सोही स्थानका १९ वर्षीय सोनुकुमार साह र भारतको अररीया कुशाकट्टा बस्ने १९ वर्षीय मोहम्मद गुल्जार थिए ।

पीडित महिला सामान्य बनिबुतो गरेर परिवारको गर्जो टार्ने दलित समुदायकी छोरी हुन् । श्रीमानले अर्कै युवती लिएर बेपत्ता भएपछि साढे दुई वर्षदेखि उनी माइतीमा बस्दै आएकी थिइन् ।

हातखुट्टा बाँधेर अर्धचेत अवस्थामा भेटिएकी महिलामाथि बलात्कार भएको खुलासा : तीनजना पक्राउ

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved