यी हुन् रास्वपा सचिवालय बैठकका ३ निर्णय

नेपालभ्युज

यी हुन् रास्वपा सचिवालय बैठकका ३ निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आकस्मिक सचिवालय बैठकले तीन वटा निर्णयहरु गरेको छ ।

बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई दिने निर्णय गरेको पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

यस्तै बैठकमा पार्टी सभापति रवि लामिछानेविरुद्ध विभिन्न अभियोग लगाई सरकारले जिल्ला अदालत कास्कीमा दर्ता गरेको मुद्दाका विषयमा संक्षिप्त ब्रिफिङ गरिएको झाले बताए । बैठकले उक्त मुद्दामा अदालतको न्यायीक प्रक्रियालाई सघाउने निर्णय गरेको छ ।

बैठकले आगामी केन्द्रीय समितिको बैठक यथाशीघ्र राख्ने गरी तयारी गर्ने निर्णय समेत गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved