सेयर बजारमा २९ अङ्कको वृद्धि

नेपालभ्युज

सेयर बजारमा २९ अङ्कको वृद्धि
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक २८ दशमलव ९१ अङ्कले बढेर २६१२ दशमलव २० को विन्दुमा पुगेको छ ।

सोमबार ३२८ कम्पनीका ५५ हजार ९३८ पटकको कारोबारमा ८९ लाख ८ हजार ८५१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब ४३ करोड २४ हजार ६०३ रुपैयाँ रहेको छ ।

१९४ कम्पनीको सेयर मूल्य बढ्दा ४२ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ । आज जानकी फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved