प्रहरीको चिकित्सक उपरीक्षक पदमा बढुवा भएकाले लगाए फूली, डा. शर्मा पहिलो नम्बरमा

नेपालभ्युज

प्रहरीको चिकित्सक उपरीक्षक पदमा बढुवा भएकाले लगाए फूली, डा. शर्मा पहिलो नम्बरमा

काठमाडौं । नेपाल प्रहरीको प्राविधिक प्रहरी समूहअन्तर्गत स्वास्थ्य उपसमूह, चिकित्सक सेवाका चिकित्सक उपरीक्षक (एसपी) पदमा चार जनाको बढुवा भएको छ ।

प्रहरी महानिरीक्षक वसन्त कुँवरले उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

नेपाल प्रहरी अस्पताल, एनेस्थेसिया शाखामा कार्यरत डा. रामप्रसाद शर्मा कार्यसम्पादन मूल्याङ्कनको पहिलो नम्बरमा थिए । उनी बढुवामा पनि पहिलो नम्बरमा परेका हुन् ।

यस्तै नेपाल प्रहरी अस्पताल, नाक कान घाँटी शाखाका डा. नवीन लागेजु, प्याथोलोजी शाखाका डा. समृद्धि कार्की र बागमती प्रदेश प्रहरी अस्पतालकी डा. अञ्जली तण्डुकारले समेत बढुवापछि दर्ज्यानी चिन्ह लगाएका छन् ।

गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिले करिब एक हप्ता अघि यी चिकित्सकहरूको बढुवा सिफारिस गरेको थियो । उनीहरूको कार्यक्षमता र प्रदर्शनका आधारमा यो निर्णय गरिएको हो ।

उपरीक्षक पदमा बढुवा भएपछि उनीहरूले प्रहरी सेवाको प्राविधिक समूह अन्तर्गत चिकित्सक सेवामा थप योगदान गर्ने आशा गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved