देशको अर्थतन्त्रमा स्थानीय मेला महोत्सवको योगदान महत्त्वपुर्ण: उपप्रधानमन्त्री सिंह

नेपालभ्युज

देशको अर्थतन्त्रमा स्थानीय मेला महोत्सवको योगदान महत्त्वपुर्ण: उपप्रधानमन्त्री सिंह
अन्नपूर्ण गाउँपालिका भदौरे ४ कास्कीमा आयोजित कार्यक्रम ।

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय मेला महोत्सवमा अर्थतन्त्रमा टेवा पुग्ने बताएका छन् ।

आइतबार पोखरामा आयोजित भदौरे पञ्चासे कोदो महोत्सव तथा ल्होसार मेलाको समापन समारोहमा सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले स्थानीय मेला महोत्सवले अर्थतन्त्रमा टेवा पुर्‍याउने बताए ।

उनले मेला महोत्सवले स्थानीय उत्पादन प्रवर्द्धन र कला संस्कृतिको संरक्षणमा मेला महोत्सवको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

‘हाम्रो गाउँठाउँमा जे छ त्यसलाई हामी सबै मिलेर सुखदुख बाँडेर जीवनलाई खुसी पार्नका लागि हामी लाग्नुपर्छ’ उपप्रधानमन्त्री सिंहले भने,‘ महोत्सवले शहरमा मात्र होइन विकट ठाउँमा पनि आन्तरिक पर्यटक पनि पढ्छ । सकेसम्म विदेशी पाहुनालाई पनि आकर्षित गर्न सकियो भने अझ राम्रो हुन्छ ।’

स्थानीय तहमा उत्पादित वस्तुको प्रदर्शन, प्रतिभाहरूको प्रस्फुटन र आफ्ना उत्पादनको सदुपयोग गर्ने बानी बनाउन पनि महोत्सवहरू हरेक पालिकामा मनाउन सके देशको अर्थतन्त्रमा टेवा पुग्ने बताए ।

त्यस्तै, उनले सरकार नागरिकको जीवन सहज बनाउनका लागि लागिरहेको पनि जानकारी गराए ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक संविधानले दिएको अधिकारहरू तीनै तहका सरकारहरूलाई दिनेगरि आवश्यक संघीय कानुन बनाउनुपर्नेमा तीव्र रुपमा काम भइरहेको छ,’ उनले भने,‘ प्राप्त अधिकार संस्थागत गर्दै हरेक नेपालीको जीवन सहज बनाउनुपर्छ भन्ने जुन चाहना छ । त्यसलाई पूरा गर्न सरकार लागिरहेको छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved