टिकटक बनाउने क्रममा खोलामा खसेर तेह्रथुममा एक बालिकासहित दुई जनाको मृत्यु

नेपालभ्युज

टिकटक बनाउने क्रममा खोलामा खसेर तेह्रथुममा एक बालिकासहित दुई जनाको मृत्यु

तेह्रथुम । खोला किनारमा टिकटक बनाउने क्रममा तेह्रथुम दुईजनाको मुत्यु भएको छ । मृत्यु हुनेमा एक युवती र एक बालिका रहेका छन् ।

शनिबार दिउँसो मेन्छ्यायेम गाउँपालिका–५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको मृत्यु भएको हो ।

विद्यालयका सहायक प्रधानाध्यापक कमल सापकोटाका अनुसार उनीहरू शनिबार बिदा मनाउन खोरङ्वा खोलामा गएका थिए । खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर लडेका उनीहरू खोलामा बगेका थिए ।

शनिबार अपराह्न खोलामा बगेका उनीहरूको शव साँझ भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चिनिमाया तामाङले जानकारी दिए । शव मृतकका परिवारलाई आइतबार मात्र बुझाइने उनले बताए । –रासस–


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved