दीपेन्द्रले जिते ६२ लाखको ओमोडा कार

नेपालभ्युज

दीपेन्द्रले जिते ६२ लाखको ओमोडा कार

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्रसिंह ऐरीले ‘इलेक्ट्रिक फाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै ओमोडा कार जितेका छन् ।

नेपाली बजारमा ६२ लाख रुपैयाँ मूल्य पर्ने ओमोडा इ फाइभ डीएलएक्स कार उनले प्राप्त गरेका हुन् । यस्तै अल्ट्राभाइलेट इलेक्ट्रिक बाइक ललित राजवंशीले जितेका छन् ।

एनपीएलमा लुम्बिनी लायन्सले फेयर प्ले अवार्ड जितेको छ ।

एनपीएलमा कुल ३४ चौका प्रहार गरेका लाहिरु मिलान्थाले ‘म्याक्स फोर अफ टुर्नामेन्ट’ को अवार्ड र २ लाख रुपैयाँ जिते ।

२०४ भन्दा माथिको स्ट्राइरेट भएका जनकपुर बोल्ट्सका जिम्मी निशम बेस्ट ब्याटर बने । उनले २ लाख पाए ।

१६ वर्षका कर्णाली याक्सका विपिन शर्माले उदयमान खेलाडी बने । उनले ५० हजार रुपैयाँ नगद र प्रेजिडेन्सियल कलेजमा दश लाखको छात्रवृत्ति प्राप्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved