रिहा भए दुर्गा प्रसाईं

नेपालभ्युज

रिहा भए दुर्गा प्रसाईं
तस्वीर - सरोज बस्नेत/नेपालभ्युज

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् ।  प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएलगत्तै  रिहा गरिएको प्रहरीले जनाएको छ ।

दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि शुक्रबार उनलाई सर्वोच्चमा हाजिर गराइएको थियो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध भ्रम फैलाएको मुद्दामा अदालतबाट धरौटीमा रिहा गर्न आदेश दिएपनि उनलाई प्रहरीले व्यापारीलाई धम्क्याएको आरोपमा पुन:पक्राउ गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved