शंकरप्रसाद शर्मा भारतका लागि राजदूत नियुक्त

नेपालभ्युज

शंकरप्रसाद शर्मा भारतका लागि राजदूत नियुक्त

काठमाडौं । शंकरप्रसाद शर्माले भारतका लागि राजदूतमा पुन नियुक्त पाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार शर्मालाई राजदूत नियुक्त गरेका हुन् ।

यस्तै राष्ट्रपति पौडेलले मलेसियाका लागि पनि नेत्रप्रसाद तिम्सिनालाई राजदूतमा नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई भारत र तिम्सिनालाई मलेसियाका लागि आवासीय राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

नेपालले लगातार दोस्रो पटकका लागि शर्मालाई भारतको राजदूतमा पठाउने निर्णय गरेको थियो । त्यसका लागि भारत सरकारलाई पत्राचार गरिएको ७८ दिनपछि ‘एग्रिमो’ प्राप्त भएको हो ।

शर्मा २०७८ चैतदेखि २०८१ असारसम्म नेपालका लागि भारतमा राजदूत थिए । चारवर्षे कार्यकाल पूरा नहुँदै पुष्पकमल दाहाल नेतृत्वको सरकारले गत जेठ अन्तिममा ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गर्दा त्यसमा शर्मा पनि परेका थिए ।

तर लगत्तै सत्ता समीकरणमा फेरबदल भएपछि कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका केपी शर्मा ओली नेतृत्वको सरकारले साउन १४ मा शर्मालाई पुनः भारतका लागि राजदूत सिफारिस गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved