पीएल सिंहलाई अन्तिम बिदाइ गर्दै बालेनले भने– उहाँको दृष्टि स्थानीय स्वायत्ततामा थियो

नेपालभ्युज

पीएल सिंहलाई अन्तिम बिदाइ गर्दै बालेनले भने– उहाँको दृष्टि स्थानीय स्वायत्ततामा थियो

काठमाडौं । काठमाडौं महानगरपालिकाले साविक स्थानीय निकायलाई ‘निर्णय गर्ने’ र ‘निर्णय कार्यान्वयन गर्ने’ अधिकार प्रदान गर्नमा स्व प्रेमलाल (पीएल) सिंहको अतुलनीय योगदान रहेको जनाएको छ ।

सोमबार निधन भएका सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्ने क्रममा कामपाका प्रमुख (मेयर) बालेन शाह र उपप्रमुख सुनीता डङ्गोलले उनको योगदानको स्मरण गरेका थिए । स्थानीय स्वायत्त शासन ऐन २०५५ जारी हुनुमा स्व सिंहको महत्वपूर्ण भूमिका रहेको उनीहरूको भनाइ छ ।

‘प्रजातन्त्र पुनःस्थापनापछि भएको स्थानीय निर्वाचनबाट काठमाडौं नगरपालिकाको प्रमुखका रुपमा निर्वाचित भएपछि उहाँको दृष्टि स्थानीय स्वायत्ततामा थियो,’ महानगर प्रमुख शाहले भने ।

चाक्सीबारी पुगेर पुष्पगुच्छा अर्पण गर्दै प्रमुख शाह र उपप्रमुख डंगोलले पूर्वप्रमुख सिंहको पार्थिव शरीरलाई बिदाइ र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरे ।

विसं १९९६ चैत ११ गते जन्मिएका सिंहको पेटमा अल्सर भएपछि गतवर्ष शल्यक्रिया गरिएको थियो । सिंहको कार्यकालमा घोषणा भएको महानगर ३०औँ वर्ष प्रवेश गरेको अवसरमा उनलाई गत मङ्सिर २९ गते कामपाले सम्मान गरेको थियो ।

स्वास्थ्य प्रतिकूलताका कारण उनी सम्मान ग्रहण गर्न समारोहमा आउन सकेका थिएनन् । स्व सिंहले ३०औँ महानगर दिवसमा शुभेच्छा भने प्रकट गरेका थिए ।

सम्बन्धित समाचार :

लखतीर्थमा पूर्वमेयर सिंहको अन्त्येष्टि, भाइले दिए दागबत्ती

पीएल सिंह : प्रजातन्त्रका लागि पटक–पटक जेलदेखि भारतमा निर्वासनसम्म

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved