पीएल सिंह : प्रजातन्त्रका लागि पटक–पटक जेलदेखि भारतमा निर्वासनसम्म

नेपालभ्युज

पीएल सिंह : प्रजातन्त्रका लागि पटक–पटक जेलदेखि भारतमा निर्वासनसम्म

काठमाडौं । सोमबार निधन भएका काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता पीएल सिंह लामो समय सर्वोच्च २०४६ सालको जनआन्दोलनमा सर्वोच्च कमान्डर गणेशमान सिंहनिकट रहेर काम गरेका थिए । उनलाई गणेशमानका धर्मपुत्रको रुपमा पनि चिनिन्छ ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा सङ्लग्न रहँदा नेता सिंह पटक–पटक जेल जानुका साथै भारतमा निर्वासनसमेत हुनुपरेको थियो ।

प्रजातन्त्र पुनःस्थापनापछि २०४९ को स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट उनी तत्कालीन काठमाडौं नगरपालिकाको पहिलो नगरप्रमुख (मेयर) निर्वाचित भएका थिए ।

स्व सिंहकै पहलमा २०५२ मा काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो । यसैगरी २०५६ मा उनी कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य भएका थिए । सिंह जनसङ्ख्या तथा वातावरण मन्त्रीसमेत बनेका थिए ।

पूर्वमेयर पीएल सिंहको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । तस्वीर : गोपाल दाहाल/रासस ।

स्व सिंहले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

पीएल सिंह भनेर चिनिए पनि उनको वास्तविक नाम भने प्रेमलाल सिंह थियो ।

नेता सिंहको ८८ वर्षको उमेरमा काठमाडौंको चाक्सीबारीमा सोमबार राति १ बजे निधन भएको थियो ।

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्व सिंहको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउँदै श्रद्धाञ्जलि व्यक्त गरेका थिए । उनको नेवारी परम्पराअनुसार सोमबार लखतीर्थमा अन्त्येष्टि गरिएको थियो ।

सिंहको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने कांग्रेसले जनाएको छ ।

लखतीर्थमा पूर्वमेयर सिंहको अन्त्येष्टि, भाइले दिए दागबत्ती

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved