ग्लोबल आइएमई बैंकको वार्षिक साधारणसभा सम्पन्न, लाभांश दिने प्रस्ताव पारित

नेपालभ्युज

ग्लोबल आइएमई बैंकको वार्षिक साधारणसभा सम्पन्न, लाभांश दिने प्रस्ताव पारित

काठमाडौं । ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।

बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको आधारमा ५ दशमलव ५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यसका साथै गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहितका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको हो ।

सभा प्रयोजनार्थ यस बैंकले मङ्सिर ९ गते बुक क्लोज गरिसकेकाले मङ्सिर ८ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved