निमाविको अध्यापन अनुमतिपत्रको नतिजा सार्वजनिक

एक लाख १९ हजारले परीक्षा दिँदा ११ हजार पास

नेपालभ्युज

निमाविको अध्यापन अनुमतिपत्रको नतिजा सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह (निमावि)को अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत मंसिर १५ गते सञ्चालन गरेको  लाइसेन्सको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले सार्वजनिक गरेको नतिजा अनुसार सातै प्रदेशबाट एक लाख १९ हजार ६९९ जनाले परीक्षा दिएकोमा १० हजार ९७४ जना मात्रै पास भएका छन् । जुन ९.१७ प्रतिशत हो ।

आयोगका अनुसार  कोशी प्रदेशबाट १८ हजार ६६२ परीक्षार्थीले परीक्षा दिएकोमा दुई हजार ८२ जना उत्तीर्ण भएका छन् । जुन ११.१६ प्रतिशत हो । त्यस्तै मधेस प्रदेशबाट १९ हजार ३० जनाले परीक्षा दिएकोमा एक हजार ४२१ पास भएका छन् । जुन ७.४७ प्रतिशत हो।

बागमती प्रदेशबाट १४ हजार ३ जनाले परीक्षा दिएकोमा एक हजार ६८३ पास भएका छन् । जुन १२.०२ प्रतिशत हो।

त्यस्तै गण्डकी प्रदेशबाट आठ हजार २२९ जनाले परीक्षा दिँदा ९२७ जना पास भएका छन् । जुन ११.२७ प्रतिशत हो ।

लुम्बिनी प्रदेशबाट २२ हजार ७९२ जनाले परीक्षा दिएकोमा दुई हजार ३१३ पास भएका छन् । जुन १०.१५ प्रतिशत हो ।

कर्णाली प्रदेशबाट २० हजार ४९८ जनाले परीक्षा दिएकोमा एक हजार ४४९ पास भएका छन् । जुन ७.०७ प्रतिशत हो । त्यस्तै सुदूरपश्चिम प्रदेशबाट १६ हजार ४८५ जनाले परीक्षा दिएकोमा एक हजार ९९ जना पास भएका छन् । जुन ६.६७ प्रतिशत हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved