जसपा नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन

नेपालभ्युज

जसपा नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन गरिएका छन् ।

कोशी प्रदेशको सङ्खुवासभा र बागमती प्रदेशअन्तर्गतको दोलखा जिल्ला समिति पुनर्गठन गरिएको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले  जानकारी दिए।

उनले भने, “इन्द्रबहादुर तामाङको अध्यक्षतामा १५ सदस्यीय दोलखा जिल्ला समिति तथा सीताराम तिमल्सिनाको अध्यक्षतामा ३९ सदस्यीय सङ्खुवासभा जिल्ला समिति पुनर्गठन गरिएको छ ।”

गत भदौदेखि जसपा नेपालले आधारभूत सङ्गठन निर्माणको चार महिने अभियान सुरु गरेको थियो । यही मंसिर मसान्तसम्म सञ्चालन हुुने भनी निर्धारण गरिएको अभियानको समयावधि थप हुनसक्ने पार्टीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved