रवि लामिछानेलाई कास्की पुर्‍याइयो

नेपालभ्युज

रवि लामिछानेलाई कास्की पुर्‍याइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पर्साबाट कास्की पुर्‍याइएको छ।

बुधबार दिउँसो उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा पुर्‍याइएको हो।

सानोपाइला सहकारीको बचत रकम अपचलनमा बयानका लागि लामिछानेलाई सोमबार पर्सा पुर्‍याइएको थियो ।

मंगलबार बयान सकेर बुधबार बिहान सिमरास्थित विमानस्थलबाट काठमाडौं हुँदै पोखरा पुर्‍याइएको हो।

सहकारी प्रकरणमा मुछिएका लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । त्यसयता उनी कास्की प्रहरीको हिरासतमा छन् ।

लामिछानेलाई यसअघि बयानका लागि कास्कीदेखि रुपन्देही, काठमाडौं र चितवन लगिसकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved