हेभीवेट भिडन्तमा जनकपुर निरीह, सुदूरपश्चिमका स्पीनर हाबी (तस्वीरहरू)

नेपालभ्युज

हेभीवेट भिडन्तमा जनकपुर निरीह, सुदूरपश्चिमका स्पीनर हाबी (तस्वीरहरू)

काठमाडौं । एनपीएलको ‘हेभीवेट’ खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सको अपराजित यात्रा टुङ्ग्याइदिएको छ ।

त्रिवि मैदानमा भएको खेलमा सुदूरपश्चिमको बलिङसामु जनकपुरका ब्याटर टिक्न सकेनन् ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीसहित अन्य बलरले यति घातक बलिङ गरे कि जनकपुरका कुनै पनि खेलाडी टिकेर खेललाई लक्ष्यतर्फ धकेल्न सकेनन् ।

पावर प्लेमा ५ विकेट गुमाएको जनकपुरले खेलमा फर्किने कुनै सङ्केत नै दिन सकेन । लगातार ब्याटर आउट हुँदा पाँचौं खेलमा आएर अपराजित यात्रा टुङ्गियो ।

अन्त्यमा खेल सुदूरपश्चिमले आफ्नो पोल्टामा पार्यो ।

तस्वीरहरू- 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved