दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा प्रहरीको छापा

नेपालभ्युज

दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा प्रहरीको छापा
राष्ट्रपति युन सुक–योल ।

काठमाडौं । दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा प्रहरीले छापा मारेको छ ।

दक्षिण कोरियाली प्रहरीले राष्ट्रपति युन सुक–योलको कार्यालयमा बुधबार छापा मारेको हो ।

साथै प्रहरीले सियोल महानगरीय प्रहरी र राष्ट्रियसभा प्रहरी गार्डको कार्यालयमा पनि छापा मारेको बीबीसीको समाचारमा उल्लेख छ ।

राष्ट्रपति युनले मार्शल ल लागू गरेपछि भइरहेको अनुसन्धानको एक हिस्साका रुपमा विभिन्न ठाउँमा छापा मारिएको हो ।

दक्षिण कोरियाली राष्ट्रपति युनले सैनिक शासन लगाउन यही मंसिर १८ गते देशमा मार्शल ल लागू गरेका थिए । तर, सर्वत्र चर्को विरोधपछि उनले ६–७ घण्टामै आफ्नो निर्णय फिर्ता लिएका थिए ।

युनको यो कदमपछि दक्षिण कोरियामा उनको ठूलो विरोध भइरहेको छ । साथै उनीविरुद्ध अनुसन्धान पनि भइरहेको छ ।

आफूविरुद्ध लगाइएको अविश्वासको प्रस्ताव विफल भएपछि राष्ट्रपति युन हालसम्म पदमै कायम छन् ।

सम्बन्धित समाचार :

दक्षिण कोरियाली राष्ट्रपति युनलाई विदेश भ्रमणमा जान प्रतिबन्ध

दक्षिण कोरियाका राष्ट्रपति यूनविरूद्धको महाभियोग प्रस्ताव विफल

सैनिक शासनको निर्णयबाट केही घण्टामै पछि हटे दक्षिण कोरियाका राष्ट्रपति


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved