काठमाडौं । हामी सबैको साथमा कोही न कोही त्यस्तो व्यक्ति हुन्छ जोसँग हामी कुनै पनि कुरा गर्न सक्छौँ । कुनै पनि किसिमको मजाक गर्न सक्छौँ । तर, यो सधैँ हाँसो मजाकको रूपमा मात्र रहँदैन । हिजो जुन कुराहरूले तपाईंलाई हाँसो आउँथ्यो, आज त्यही कुराहरूले तपाईंलाई अपमानित महसुस गराउन सक्छ ।
यस्तो अवस्थामा यदि तपाईंले परिस्थितिलाई सही तरिकाले व्यवस्थापन गर्नुभएन भने धेरै पटक कुरा बिग्रन पनि सक्छ । यदि अर्को व्यक्तिले तपाईंको अपमान गर्छ भने तपाईंले कसरी त्यसलाई व्यवस्थापन गर्ने ? आउनुहोस् विस्तारमा जानौँ ।
आफूलाई शान्त राख्नुहोस्
यदि कोही तपाईंलाई गिज्याउने वा व्यक्तिगत टिप्पणी गर्दैछ भने त्यस क्षणमा आफूलाई शान्त राख्नुपर्छ । तपाईंले तुरुन्तै जवाफ दिने आवेशबाट बच्नुपर्छ । उसले के र किन भन्दै छ भनेर पूरै बुझ्नुहोस् । उचित समयमा तपाईंले सभ्यतापूर्वक जवाफ दिनुहोस् ।
कुराहरूलाई बेवास्ता गर्न सिक्नुहोस्
धेरै पटक जब कोही तपाईंलाई नराम्रो गर्छ र गिज्याउँछ, अरूको अगाडि तपाईंलाई कमजोर देखाउँछ भने सधैँ जवाफ दिनुपर्छ भन्ने हुँदैन । कहिलेकाहीँ शान्त रहनाले नै परिस्थिति राम्रो हुन सक्छ । जवाफ दिँदा तपाईंको पनि मनोदशा खराब हुनेछ । तपाईंले अर्को व्यक्तिलाई केही प्रमाणित गर्न सक्नुहुने छैन । त्यसैले कुराहरूलाई बेवास्ता गर्नु नै राम्रो हुन्छ ।
Facebook Comment
Comment