काठमाडौं । नेकपा एमालेले हालै भएको स्थानीय तह उपनिर्वाचनमा शहरी क्षेत्रमा धक्का पुगेको निष्कर्ष निकालेको छ ।
मंगलबार साँझ च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले काठमाडौं- १६ र कीर्तिपुरको नतिजालाई गम्भीरतापूर्वक लिएको भन्दै शहरी क्षेत्रमा अपेक्षाकृत परिणाम नआएको बताए।
उनले शहरी क्षेत्रको जनमतसँग पार्टीलाई अझ बढी जोड्दै लैजानुपर्ने निष्कर्ष पार्टीले निकालेको जानकारी दिए ।
उनले विगतमा एमालेले जितेका ६ वडा रिक्त भएकोमा यस पटक एक गाउँपालिका अध्यक्ष र २ उपाध्यक्ष समेत थपिएकोलाई सन्तोषजनक मान्नुपर्ने तर्क गरे ।
२ वर्षअघि भएको स्थानीय तह निर्वाचनमा जुन ठाउँमा एउटा पार्टीले जितेको हो, उपनिर्वाचनमा अर्कोले जित्नु भनेको जनप्रतिनिधिको कामको मूल्यांकन भएको बताए । उनले पहिले जितेका स्थानमा भएका हारले जनप्रतिनिधिले राम्रोसँग काम गर्न नसकेको बताए ।
Facebook Comment
Comment