प्रधान सेनापति सिग्देल भारत प्रस्थान

नेपालभ्युज

प्रधान सेनापति सिग्देल भारत प्रस्थान

काठमाडौं । प्रधान सेनापति अशोक राज सिग्देल भारत प्रस्थान गरेका छन् ।

भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा सिग्देल मंगलबार ९ सदस्यीय भ्रमण दलका साथ भारत प्रस्थान गरेका हुन् ।

भ्रमण दलमा सैनिक श्रीमती संघकी अध्यक्ष तथा उनकी श्रीमती नीता क्षेत्री सिग्देल पनि सम्मिलित छिन् ।  भारत प्रस्थान गरेका प्रधान सेनापतिलाई बलाध्यक्ष रथी प्रदीप जंग के.सी.ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।

भ्रमणका क्रममा उनले भारतका उच्च पदस्थ पदाधिकारीहरूसँग भेटघाट गर्ने छन् । उनी मंसिर ३० गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved