दुर्गा प्रसाईंलाई थप २ दिन हिरासतमा राख्न अनुमति

नेपालभ्युज

दुर्गा प्रसाईंलाई थप २ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न थप दुई दिन म्याद दिइएको छ ।

अनुसन्धान नसकिएपछि जिल्ला अदालत काठमाडौंले थप दुई दिनको म्याद दिएको हो ।

यसअघि नेपाल प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा फाइल भने बुझाइसकेको छ ।

प्रसाईं ५ मंसिरमा पक्राउ परेका थिए । प्रहरीले प्रसाईंले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved