काठमाडौं । एनपीएलमा पोखरा एभेन्जर्सविरुद्ध कर्णाली याक्सका विलियम बोसिस्टो ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् ।
मंगलबार भएको खेलमा कर्णालीलाई जिताउन ६ विकेट लिएका विलियमले ‘प्लेयर अफ द म्याच’ अवार्ड प्राप्त गरेका हुन् । बोसिस्टोले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
उनी दोस्रोपटक ‘प्लेयर अफ द म्याच’ घोषित भएका हुन् । उनी यसअघि विराटनगर किंग्सविरुद्धको खेलमा सो अवार्ड प्राप्त गरेका थिए ।
३४ बलमा ६ चौका प्रहार गरेका कर्णालीका च्याडविक वाल्टनले ‘म्याक्स फोर’ को अवार्ड जितेका छन् । जसमा २५ हजार रुपैयाँको पुरस्कारसहित ५ हजार रुपैयाँको एनसेल रिचार्ज भौचर पनि प्राप्त गरे ।
कर्णालीका गुल्शन झाले ‘ममेन्ट अफ द म्याच’ अवार्ड जिते । उनले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । कर्णालीका अर्जुन घर्तीले ‘क्याच अफ द म्याच’ को अवार्ड प्राप्त गरे ।
Facebook Comment
Comment