रोकिएन सेयर बजारको ओरालो यात्रा, कारोबार रकम खुम्चियो 

नेपालभ्युज

रोकिएन सेयर बजारको ओरालो यात्रा, कारोबार रकम खुम्चियो 

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ६ दशमलव ३२ अङ्कले घटेर २६६९ दशमलव ८२ को विन्दुमा पुगेको छ ।

मंगलबार ३०३ कम्पनीका ५२ हजार ७ सय ५ पटकको कारोबारमा ८७ लाख ६८ हजार ५६६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब ४१ करोड ३३ लाख २० हजार २९० रुपैयाँ रहेको छ ।

८५ कम्पनीको सेयर मूल्य बढ्दा १४८ वटाको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये चार वटा बढ्दा अन्य राताम्मे छन् भने आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टमा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved