आइएमई पेको ‘लोड, पे, विन’ अफर : बम्पर उपहारमा १०० प्रतिशत क्यासब्याक

नेपालभ्युज

आइएमई पेको ‘लोड, पे, विन’ अफर : बम्पर उपहारमा १०० प्रतिशत क्यासब्याक

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले ‘लोड, पे, विन !’ नामक योजना सार्वजनिक गरेको छ ।

योजना अन्तर्गत आइएमई पे प्रयोगकर्ताहरूलाई विभिन्न माध्यमद्वारा सजिलै आफ्नो आइएमई पे एपमा पैसा लोड गर्न र सहज डिजिटल भुक्तानी सुविधा अनुभव गर्न प्रोत्साहित गर्ने उद्देश्य राखिएको छ ।

मङ्सिर २० गते देखि पौष २० गते सम्म १ महिनाको लागि चल्ने यस योजनामा आइएमई पेका सेवाग्राहीहरूले विभिन्न माध्यमबाट आइएमई पे एपमा पैसा लोड गरी कुनै १ भुक्तानी गर्दा दैनिक १ जना विजेताले १००० रुपैयाँ बोनस रकम प्राप्त गर्न सक्नेछन् ।

बम्परमा ३ जना भाग्यशाली विजेताले योजना अवधि भरी आइएमई पेबाट गरेको कुल कारोबार खर्चको १०० प्रतिशत नै क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

प्रयोगकर्ताहरूले आइएमई पे एपमा लिङ्क गरिएको बैंकको खाता, अन्य बैंकको एपबाट ‘लोड टु वालेट’, कनेक्ट आइपीएस, ई÷एम बैंकिङ, भिसा कार्ड र एजेन्ट्स मार्फत आइएमई पे एपमा पैसा लोड गर्न सक्नेछन् ।

यस योजनामा सहभागी हुन प्रयोगकर्ताहरूले कम्तीमा १००० रुपैयाँ आइएमई पेमा लोड गर्नुपर्ने हुन्छ र मोबाइल रिचार्ज, हवाई टिकट बुकिङ, केबलकार टिकट बुकिङ, बिलहरूको भुक्तानी जस्तो कुनै पनि कारोबार गरेको हुनुपर्दछ ।

बम्पर विजेताहरूले कुल कारोबार खर्चको १०० प्रतिशत क्यासब्याक अधिकतम १०,००० रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved