पावर प्लेमा पोखराले बनायो ५२ रन, दुबै ओपनर आउट

नेपालभ्युज

पावर प्लेमा पोखराले बनायो ५२ रन, दुबै ओपनर आउट

काठमाडौं । एनपीएलमा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले राम्रो सुरुवात गरेको छ ।

पहिलो ६ ओभरमा पोखराले २ विकेटको क्षतिमा ५२ रन बनाएको हो ।

अहिले पोखराका लागि कप्तान कुशल भुर्तेल र रेमण्ड रेफरले ब्याटिङ गरिरहेका छन् ।

पोखराका लागि दिनेश खरेल २६ रनमा आउट भए । उनलाई यूनिस ठकुरीले आउट गरेका हुन् । यसअघि ओपनर एन्ड्रिज गौस २५ रन बनाए । उनलाई कर्णालीका विपिन शर्माले आउट गरे ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पोखराले ब्याटिङ रोजेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved